मधेस प्रदेशमा भएको मुख्यमन्त्रीको ‘असंवैधानिक’ नियुक्तिको विरोधमा रौतहटको सदरमुकाम गौरमा ७ दलित गठबन्धनको प्रदर्शन गरिएको छ।
नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादवको नेतृत्वमा बुधबार गौर बजारमा विरोध प्रदर्शन गरिएको छ।
विरोध कार्यक्रममा सातदलीय गठबन्धनका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले संविधानको मर्मविपरीत गरिएको मुख्यमन्त्रीको नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन्।
कांग्रेस सभापति तथा प्रदेशका पूर्व अर्थमन्त्री यादवले सरकारको निर्णय लोकतान्त्रिक मूल्य र संविधानको खिल्ली उडाउने खालको भएको भन्दै यसको सशक्त प्रतिवाद गर्नुपर्ने बताए। संविधान र जनमतको अपमान गर्ने कदमविरुद्ध कांग्रेससहित गठबन्धनका दलहरू सडकदेखि सदनसम्म आवाज उठाउने उनले चेतावनी दिएका छन्।
विरोध प्रदर्शनमा सहभागीहरूले हातमा ‘संविधानको रक्षा गर’, ‘लोकतन्त्रमाथि हस्तक्षेप बन्द गर’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।
गौरको बजार क्षेत्रमा निकालिएको उक्त याली नगरपरिक्रमा गर्दै शान्तिपूर्ण कोण सभामा परिणत भएको थियो।


