२०८२ कार्तिक २६, बुधबार १६:२१

मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन्।

यसअघि नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’बीच पेरिसडाँडामा सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सहमति पत्रमा देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणको अभिभारा देशसामु रहेको उल्लेख छ।

Comment

Related News

Latest News

Trending News