२०८२ कार्तिक २६, बुधबार १७:००
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे सर्वोच्च अदालतमा कार्तिक ३० गत्ते छलफल हुने भएको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुख्यमन्त्री यादवविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत आगामी आइतबारको सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।


