२०८२ कार्तिक २६, बुधबार १७:३४

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ।

पार्टी विधानको धारा ९५ को उपधारा (१) मा भएको व्यवस्थाबमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको काम, कर्तव्य र अधिकार रहने गरी संघीय संसदीय बोर्ड गठन गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार बोर्डमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, केन्द्रीय सदस्यहरू कुन्ता राई र खेमनारायण यादव, शैलेश कुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरूङ, लिला सिजापती र सन्तोष सिलवाल रहेका छन्।

प्रदेश समितिका अध्यक्षहरू बोर्डको पदेन सदस्य हुने बताइएको छ।

Comment


Related News

Latest News

Trending News