मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवलाई बधाई ज्ञापन गरिएको छ ।
गोपाल सेवा समिति धनुषाको बृहत बैठकले युवा नेता एवं समाजसेवी मुख्यमन्त्री यादवलाई बधाई ज्ञापनगर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको समितिका अध्यक्ष अंकेश्वर यादवले जनाएका छन् ।

अध्यक्ष अंकेश्वर यादव र सचिव राज कुमार यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यादवले प्रदेशमा शान्तिसुरक्षा, विकास निर्माणको कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरिएको छ ।
बैठकमा समितिका पदाधिकारी, केन्द्रीय पदाधिकारी लगायत समाजका अगुवाहरुको बृहत उपस्थिति रहेको थियो । मधेश प्रदेशको मुख्यमन्त्रीमा कात्तिक २३ गते नियुक्त भई २४ गते सपथग्रहण गरेका सरोज कुमार यादवले मंगलवार पदबहाली गरेका हुन् ।

