२०८२ कार्तिक २७, बिहीबार ०९:०१

नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  ।

भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ ।



फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिनुभएको छ । नेपालले सीमामा नेपालीमाथि हुने दुर्व्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।

भोलिसम्म चल्ने बैठकमा यसअघिका बैठकका समीक्षा र आगामी रणनीतिसहित विभिन्न विषयमा छलफल हुनेछ ।

Comment


Related News

Latest News

Trending News