२०८२ कार्तिक २७, बिहीबार ०९:०५

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा व्यक्तिको जैविक तथ्याङ्क अर्थात ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन लागेको छ । राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो बाध्यता हटाउन लागिएको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मतदाता नामावली दर्तालाई थप सहज बनाउन बायोमेट्रिक दिन कार्यालय पुग्नुपर्ने प्रक्रियालाई व्यवस्थित गर्न लागेको जानकारी गराएका थिए । आजदेखि यो प्रक्रिया शुरू गर्ने आयोगको तयारी छ । आयोगका अनुसार राष्ट्रिय परिचयपत्र बनाएकाहरुले नागरिकताको ठाउँमा परिचयपत्र संख्या (आइडी नम्बर) उल्लेख गरेपछि मतदाता नामावलीका लागि ‘बायोमेट्रिक’ दिन आयोगमा पुग्नुपर्ने छैन ।



आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको बायोमेट्रिक प्रयोग गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई यसले सहज बनाउनेछ । नयाँ व्यवस्थाले राष्ट्रिय परिचयपत्र बनाएकाले मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेपछि फोटो खिच्न तथा बायोमेट्रिक दिनलाई निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हट्नेछ ।

मतदाता सूचीमा नाम दर्ता गराउन आउँदो ३० गते आइतबारसम्मको समयसीमा बाँकी छ । समयसीमा नजिकिँदै जाँदा नाम लेखाउनेको चाप बढेको छ ।

Comment


Related News

Latest News

Trending News