२०८२ कार्तिक २७, बिहीबार ११:५८
सुनको भाउ आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
आज चाँदीको भाउ तोलामा एक सय ७० रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ७५ रुपैयाँ थियो ।

