२०८२ कार्तिक २७, बिहीबार १३:१०

जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बुधबार पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रूपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका उनीहरूलाई जिम्मेवारी दिएको परिपत्रमा उल्लेख छ।

जसपाले सल्लाहकार समितिका अध्यक्ष पनि मनोनीत गरेको छ। सल्लाहकार समिति अध्यक्षमा प्राडा रामस्वारथ यादव मनोनीन भएका छन्।

खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साहलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य मनोनीत गर्ने निर्णय गरिएको पनि परिपत्रमा उल्लेख गरिएको छ।

Comment

Related News

Latest News

Trending News