२०८२ कार्तिक २७, बिहीबार १९:५७

मधेस प्रदेशको मन्त्री कञ्चन विच्छालाई सांसद पदबाट हटाउन राप्रपाको केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको छ।

अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहिबार बसेको बैठकले उनलाई सांसदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको छ ।



यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर, २४ घण्टाभित्र जवाफ नआएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए।

विच्छाले त्यसको पनि बेवास्ता गरेकी थिइन् । राप्रपाबाट मधेस प्रदेशको एक्ली सांसद उनी सरोज कुमार यादव नेतृत्वको विवादित सरकारमा पार्टीको निर्देशन विनै मन्त्री बन्न गएकी थिइन्।

Comment


Related News

Latest News

Trending News