नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोठमा बसेर मधेश प्रदेशको मुख्यमन्त्री बनाउनु दुःखद रहेको बताएका छन् । उनले मधेश प्रदेशको पछिल्लो राजनीतिक घटना क्रमको विषयमा चिन्ता व्यतmसमेत गरेका छन् ।
मलंगवामा बिहीबार प्रेस चौतारी सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डेले मधेश प्रदेशको पछिल्लो घटनाको विषयमा एमाले विभाजित भएको बताए । अहिले एमालेमा दुईवटा गुट सक्रिय भएको उनले स्पष्ट पारे । उपाध्यक्ष पाण्डेले भने, ‘एक पक्षले मुख्यमन्त्री बनाएको छ भने अर्को तर्फ प्रमुख सचेतक हरिनारायण महतोले आपत्ति जनाएका छन् ।

एमाले मधेश प्रदेश सांसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेको थाहा पाएपछि प्रमुख सचेतक महतोले आपत्ति जनाउँदा एमाले पार्टी भित्र आन्तरिक भाडभैँलो भएको उनको कथन छ । अहिले मधेशमा मुख्यमन्त्री नियुतm भए पनि काम गर्ने वातावरण नै नहुनु दुःखद रहेको उनले बताए ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियामा भएको त्रुटिलाई तत्काल सच्याइनु पर्ने उपाध्यक्ष पाण्डेले बताए । अर्को प्रसंगमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिनुपर्ने बताए । आफ्नै मान्छेलाई पार्टीको सदस्यता नदिनु समाजमा गलत सन्देश प्रवाह भएको उनको भनाइ छ । त्यस्तै एमालेका सचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने बताए ।
पार्टीको महाधिवेशनबाट जेन– जी पुस्तालाई समेत नेतृत्वदायी पदमा समावेश गरी पार्टी निर्वाचनमा सहभागी हुने उनले स्प्ष्ट पारे । नेकपा एमाले सर्लाही जिल्लाका अध्यक्ष राजनारायण साहको आमाको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन सर्लाही आएका थिए ।

