निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेकोे छ ।यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभयो ।
सोही अनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेकोे उँहाले बताउनुभयो ।राष्ट्रिय परिचय नम्बरको आधारमा मतदात नामावलीमा नाम संकलन गर्न पाउने भएसँगै युवा पुस्ताको संख्या बढेको उँहाले बताउनुभयो ।

आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको चुनावका लागि निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बन्ने उँहाले बताउनुभयो।
काराबारबाट भागेको कैदीका कारण चुनौति थपिएको भएपनि सरकार आगामी निर्वाचनलाई भयरहित ातावरणमा सम्पन्न गराउँन तथा सुरक्षाको प्रत्याभुति गराउँन प्रतिबद्व रहेको उँहाले बताउनुभयो ।आगामी निर्वाचनले युवा पुस्ताको सहभागिताले मुलुकलाई नयाँ ढंगले अगाडी बढाउने उँहाले विश्वास व्यक्त गर्नुभयो ।

