२०८२ कार्तिक ३०, आईतवार ०७:५९

धनुषाको मिथिला विहारी नगरपालिकाका एक वडाध्यक्षको गोली हानी हत्या भएपछि नेकपा एमाले धनुषाले सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

नेकपा एमालेले देशव्यापी रुपमा घोषणा गरेको कार्यक्रम तय रहे पनि मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएपछि शनिबारको कार्यक्रम स्थगित गरेको जनाइएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै देशभरका जिल्लामा तय गरिएको जनसभा कार्यक्रम स्थगित गरिएको एमाले धनुषाका सचिव दिपन ठाकुरले जानकारी दिए । उनले भने, ‘देशभरि ७७ वटै जिल्लामा पार्टीले प्रतिनिधिसभा स्थापनाको माग गर्दै जनसभा गर्ने कार्यक्रम तय गरेको थियो तर हाम्रै पार्टीका मिथिलाबिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएपछि हामीले कार्यक्रम नै स्थगित गरेका छौँ ।’ व

डाध्यक्ष यादव २०७९ को निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएपछि उनी एमालेमा प्रवेश गरेका थिए । शुक्रबार मिथिला बिहारी–९ स्थित अन्दुपट्टीमा श्राद्धभोजमा पुगेका वडाध्यक्षसहितको टोलीमाथि एक समूहले गोली प्रहार गरेको थियो ।

सो घटनापछि वडाध्यक्ष यादवको मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comment


Related News

Latest News

Trending News