“राजा बोला रात है, रानी बोली रात है, मन्त्री बोला रात है, सन्तरी बोला रात है, ये सुबह–सुबह की बात है।”
नेपालको समकालीन राजनीतिक यात्रामा अनेकौं उखान–टुक्का सान्दर्भिक बन्दै आएका छन् । तर माथिको उखान अहिलेको नेपाली राजनीतिक परिवेशमा, विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शैली, भाषण र राजनीतिक संस्कारलाई बुझ्न अत्यन्त राम्ररी फिट हुन्छ ।किनकी उनी पनि उखान टुकामा रमाउने नेता हुन ।
जब देशकै उच्च निर्णायक पदमा बसेका व्यक्तिहरूले एउटै कुरा भन्दै देशलाई सत्यबाट टाढा जान खोज्छन्, त्यो “रात” लाई “रात” भन्नु होइन, “रात” लाई “दिन” सावित गर्ने राजनीतिक अभियान हुन्छ र यस्तै अभियानमा ओली आफ्ना झोलेहरुमा मुलुकलाई उथल पुथल गराउन तत्पर रहेको इतिहास छ । केपी शर्मा ओली प्रायः अत्यन्त आत्मविश्वासी, प्रहारमुखी र भाषण–प्रधान नेता हुन ।मुलकमा नया सविधान घोषणा भएपछि राष्ट्रिय राजनिति ओली आफ्नो वरीपरि घुमाउने खेलमा सक्रिय रहे ।
त्यो मधेस र मधेसीलाई गोली ठोकेर होसवा प्रचन्ड र माधव नेपाललाई धोती लगाएर होस उनको एक विशेषता भनेको —जो कुरा ओलीले भने, त्यो नै अन्तिम सत्य जस्तो प्रस्तुत गर्ने र आफ्ना झोलेहरुबाट बोलाएर हो ।त्यसलाई नै सत्य बनाउने गरेका छन ।जसले गर्दा मुलुकको राजनिति सधै अस्थित रहेदै आएको छ । यस्तै शैली राजनीतिमा देखियो भने, शीर्ष नेतादेखि कनिष्ठ संरचनासम्म एउटै कुरा दोहो¥याउने प्रवृत्ति जन्मन्छ—“ओलीले भनेको ठिकै हो” भन्ने अन्धभक्तहरु समर्थनमा रमाउने गरेका छन ।
ओलीको राजनीतिक यात्रामा धेरै उदाहरण भेटिन्छन् जहाँ—उनले भनेको कुरा र वास्तविकता बीच भिन्नता देखिन्छ ।जस्तै ःदुइचार आप झरे कुनै फरक पर्दैन,“देश १० वर्षभित्र सिङ्गापुर बन्छ”पोखरा हुदै बागलुग बेनीसम्म ट्रेन पुर्याउन भन्ने आत्मविश्वास “खोला खोलामा पानी जहाज चल्छ”र “कोरोना आउँदैन, हावामा सुक्छ” भन्ने प्रकारका विवादास्पद टिप्पणी, ओलीकै नेतृत्वमा एमाले (र पछि नेकपा) मा एउटा कठोर संगठनात्मक अनुशासन देखिन्छ । तर कतिपय विश्लेषकहरू यसलाई ‘ अनुशासन होइन, भय–आधारित सहमति’ भन्छन् । राजा–रानी–मन्त्री–सन्तरी झोले सबैले दिनलाई पनि रात नै भन्नु पर्ने बाध्याता छ ।
एमालेबाट ओलीको आलोचना गर्ने नेताहरू एकपछि अर्को पार्टीबाट बहिष्कृत, अलग, किनारा, वा चुप लाग्न बाध्य छन । देशको ‘सत्य’ को भविष्यः बिहान उज्यालो कि रातकै शासन रहने हो त्यो प्रश्न उठि रहेको छ ? उखानको अन्तिम वाक्य अत्यन्त महत्वपूर्ण छ— “ये सुबह–सुबह की बात है।”अर्थात् सबैजना ‘रात’ भन्दै हिँडे पनि वास्तविकता ‘ बिहान’ नै हो। तर सत्यलाई दबाउन सकिए पनि लुकाउन सकिँदैन ।जसको परिणाम हो मुलुकमा देखिएको जेनजि आन्दोलन,जसले गदौ मुलुकलाई ठुलो छती वेहोर्नु पर्यो ।
यो उखान केवल व्यङ्ग्य होइन, राजनीतिक शक्तिको मनोविज्ञान हो । केपी शर्मा ओलीका सन्दर्भमा यसले प्रस्ट देखाउँछ । शीर्ष नेताले बनाएको कथन नै सत्य ंबन्न पुग्ने अवस्था छ । तर अन्धभक्तहरुको समर्थनले पार्टी–सरकार कमजोर बनाउने निश्चित छ ।जसले गर्दा अहिले मधेस प्रदेशमा पनि उथल पुथल सुरु भएको छ । राष्ट्रिय राजनितिमा सविधानको दुहाइ दिएर संसदको पुर्नस्थापनाको कुरा गर्ने ओलीकै निर्देशनमा मधेसमा सविधानलाई धोती लगाउने काम गरियो ।आलीकै सल्लाहमा प्रदेश प्रमुखले मधेस प्रदेशमा रातीमा लुकिछिपि मुख्यमन्त्रिको न्युक्त गरेकि छन ।
बिरामी भएको र उपचारका लागि काठमाडौं हिँडेको भनेर अँध्यारोमै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी जनकपुर स्थित आफ्नो सरकारी निवासबाट निस्किइन् । उनले कामचलाउ मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) लाई आफू बिरामी परेको जानकारी गराइन ।तर एमालेको झोले भएकै कारण बर्दिबासको कटेज होटलमा मुख्यमन्त्री न्युक्त गरिन ,जसले गर्दा उनलाई बर्खास्त गरिएको छ । प्रदेश प्रमुखले होटलमा मुख्यमन्त्रीलाई शपथ गराएको यो घटनाले नेपालको राजनीतिलाई नै कलंकित बनाएको छ । जसले गर्दा मधेस प्रदेश अहिले उथल पुथलको राजनितिबाट गुज्रीन बाध्य बनेको छ ।
‘संविधानलाई मिचेर होटलमा गएर मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाएर संघीयताको अस्मिता माथि प्रहार भएको भन्दै चौतर्फि आलोचन मात्र भएको छैन । सात दल आन्दोलनमा ओर्लेका छन । यसअघि एमालेसँग सहकार्यमा रहेको कांग्रेस पनि आन्दोलनको कित्तामा उभिएको छ । कांग्रेस, जसपा नेपाल, लोसपा, माओवादी, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्तिका सांसदले संयुक्त रूपमा प्रदेश प्रमुख भण्डारीलाई भेटेर त्यस्तो आग्रह पनि गरे ।
एमालेले भने संविधानको धारा १६८(२) को प्रयोग असफल भइसकेकाले धारा १६८(३) बमोजिम संसद्को सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख माथि दबाब बढाएका थिए । भण्डारी उपचारका लागि काठमाडौं हिँड्नुअघि नै प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र शपथग्रहणको पत्र तयार पारिसकेको थियो ।
सत्ताच्युत भएको जम्मा एक महिनामै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पुनः आक्रमक राजनीतिक मोडमा उत्रिएका छन् । अन्तरिम सरकारलाई असंवैधानिक भन्दै निर्वाचन प्रक्रियालाई अस्वीकार गर्ने उनको अभिव्यक्ति अहिलेको राजनीतिक वाताररणलाई जति तनावपूर्ण बनाइरहेको छ, त्यसले आगामी दिनमा थप ध्रुवीकरण, टकराव र द्वन्द्वमुखी अवस्थाको संकेत पनि गरिरहेको छ ।ओलीको पुरानो र एतिहासिक रोग छ ,आरुलाई सरकार चलाउन नदिने,आफु दुइतिहाइको सरकारलाई पटक पटक धरापमा पार्ने ।
एमाले अध्यक्ष ओलीले अब चुनाव भन्दा पनि संसद् पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर आन्दोलनका अभियानमा लागेका छन ।सेनालाई थाती राखेर बनाइएको अन्तरिम सरकारको बिरोधमा ओर्ली पुन पल्टिएका छन । ओलीले आफूलाई हटाउन ‘विदेशी शक्तिसहितको षड्यन्त्र’ भएको दाबी गर्दै देश फेरि आफ्नो नेतृत्वमा फर्कनुपर्ने राग अलापन सुरु गरेका छन ।
जुन उनको पुरानै रोग जागेको छ । एमाले भित्र पनि ओलीको नेतृत्वबारे गम्भीर प्रश्न उठिरहेका बेला उनले पार्टी सचिवालय र केन्द्रीय कमिटीलाई निर्णय सुनाउनु अघि नै आफूले ‘ मार्गनिर्देशन’ प्रस्तुत गरिदिएका छन्। स्वस्थ्यले साथ दिएसम्म नेतृत्व छोड्ने मनसाय नरहेको खुला घोषणा र चुनाव होइन, संसद् पुनस्र्थापनालाई सत्ता फर्कने भर्याङ बनाउने रणनीतिले उनी अझै पूर्ण सक्रिय राजनीतिक हिसाब–किताबमा छन् भन्ने स्पष्ट हुन्छ। ओलीले सरकारद्वारा गृहमन्त्री र जेन–जी आन्दोलनको दमनका घटनामा जाँचबुझका लागि बनेको आयोगलाई ‘नक्कली’ भन्दै आयोगका अध्यक्षको नै खिसीटिउरी गरे। “पहिले नै ओलीलाई समाउनुपर्छ भन्ने मान्छे आयोगमा बसेर कसरी निष्पक्ष हुन्छ? बागमतीको पानी खाएर? गंगाजल खाएर
राष्ट्रवादको परिणाम
ओली शासनमा सधै राष्ट्रवादले शासकीय अहंकार फैलाउँदै आएको छ ।मधेस आन्दोलन होसवा जेनजिको बिद्रोह सबैमा आलीको बालीले गोली चाउने काममा आगोमा ध्यू हालने काम गरेको छ । राज्यमा विशेषगरी उत्पीडित समूहलाई राज्यमाथि सहजै प्रश्न गर्न, आलोचना गर्न र प्रतिरोध गर्न दिइँदैन । ती समुदायले जायज र तर्कपूर्ण प्रश्न गरे भने ओलीको नश्लीय राष्ट्रवादमा डन्डा चलाइन्छ र उल्टै निषेध गरिन्छ ।
बेला–बेला नश्लीय राष्ट्रवाद उग्र रूपमा देखापर्छ । टीकापुरमा भएको घटनापछि थारूमाथि राज्यले बर्बर दमन गर्यो । थारूका घर जलाइए, संग्रहालय जलाइयो, कुटपिट भयो । तर, थारूमाथि भएको दमनले धेरै नेपालीलाई छोएन किनकि राष्ट्रवादी अवधारणाले थारूलाई नेपालीका रूपमा स्वीकार गर्न अप्ठ्यारो पार्यो । मधेश विद्रोहका बेला सरकारी दमनबाट दर्जनौं मानिस मारिए । तर, राष्ट्रवाद मनलाई दुखेन ।
अन्तरजातीय प्रेम सम्बन्धकै कारण पश्चिम रुकुममा ६ जना युवाको निर्ममतापूर्वक हत्या भयो । त्यसले पनि नेपाली राष्ट्रवादलाई छोएन । यी सबै शृंखलाले के देखाउँछ भने शासक र सत्ता वरिपरि रहेका समूहले यस्ता गम्भीर मुद्दामा उनीहरूलाई नेपाली देख्दैन । बरु शत्रुतापूर्ण व्यवहार गर्छ । यस्तो राष्ट्रवादले राष्ट्रिय एकता, परस्पर सम्मान र सहकार्यका बाटाहरू बन्द गरिदिन्छन् ।
परिणामतः देश र जनताले अग्रगतिको बाटो पक्रिन सक्दैनन् । यसको अर्थ दमनकारी राष्ट्रवादले आन्तरिक र बाह्य द्वन्द्व वा युद्ध निम्त्याउँछ । त्यसैले राष्ट्रवादले देशलाई बलियो बनाउने होइन, कमजोर र जोखिमको यात्रामा लैजान्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने नेपाली नागरिकलाई नेपालीको व्यवहार नहुने परि स्थिति बलियो हुँदै गयो ।
यसले स्वाभाविक रूपमा द्वन्द्व निम्त्याउँछ किनकि उत्पीडित समुदाय अब दमन सहन किमार्थ तयार छैन । नेपालको जातीय, भाषिक, सांस्कृतिक विविधताको सम्मान र स्वाभिमानलाई अस्वीकार गरियो भने यसले अन्तरघुलन, सहकार्य र सहअस्तित्वसहितको समाज स्थापित हुन दिँदैन । समाज र राष्ट्रको प्रगति आपसी हित र सामूहिक प्रयत्नबिना असम्भव छ । त्यसैले सबै नागरिकको पहिचान, स्वाभिमान र सार्वभौमिकताको संरक्षणका लागि नश्लीय राष्ट्रवादमा आधारित विचार, दृष्टिकोण र व्यवहारमा रूपान्तरण अनिवार्य आवश्यकता हो ।


