२०८२ कार्तिक ३०, आईतवार ११:१५

सुनको भाउ आज एकैदिन तोलामा छ हजार नौ सय रुपैयाँले घटेको छ ।

सुन आज छ हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज एकैदिन तोलामा एक सय ५० रुपैयाँ घटेको छ । चाँदी आज एकैदिन एक सय ५० रुपैयाँ घटेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News