२०८२ कार्तिक ३०, आईतवार १५:३९

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ भोलिका लागि सरेको छ ।

अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइका लागि आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । आजको सुनुवाइ स्थगित गरेर भोलिका लागि सारेको सर्वोच्च अदालतले जनाएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ जना सांसदका तर्फबाट रिट दर्ता भएको हो । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि यो विवाद सर्वोच्च पुगेको हो । सर्वोच्च आदलतले कात्तिक २३ गते यादवलाई मुख्यमन्त्री नियुक्ति गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेश गर्न आदेश गरेको थियो ।

यसैबीच मधेश प्रदेश सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आज पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

Comment


Related News

Latest News

Trending News