२०८२ कार्तिक ३०, आईतवार १५:५१

व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरिएको छ ।

यसअघि नै दर्ताका लागि निवेदन दिएको सो पार्टीका नेताहरु आइतबार आयोग पुगेर सनाखत गरेका हुन् । प्रसाईँले आफ्नो नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउदै आउनुभएको छ, तर नागरिक बचाउ दलको सभापतिमा भने नागरिक बचाउ महाअभियानका प्रवक्ता माधव खतिवडालाई तोकिएको छ ।

निर्वाचन आयोगमा सनाखत गरेपछि नागरिक बचाउ दलका सभापति माधव खतिवडाले कार्तिक २३ गते दल दर्ताको निवदेन दिएकोमा आइतबार सनाखत गरिएको जानकारी दिनुभयो ।

उहाले अहिले धेरै पार्टी दर्ता भएपनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दावी गर्नुभयो । जनताका आधारभूत एजेण्डालाइ लिएर निर्वाचनमा सहभागी हुने उहाले बताउनुभयो ।

उहाले हाल पार्टीको २९ जना प्रारम्भीक समिति गठन गरिएको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News