२०८२ मंसिर १, सोमबार १२:५३

नेकपा एमाले स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव गराउन सक्नै कुनै वातावरण नै नरहेको बताएका छन

सोमबार (आज) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले अहिलेको सरकारले चुनाव गराउन नसक्ने प्रष्ट पारेका छैन । उनले सुरक्षाको दृष्टिकोणले मात्रै हेर्दा पनि अपराधीहरु जेलबाट बाहिर रहेको समयमा, हतियार लुटिएको बेला, सुरक्षाकर्मीहरुको पोसाकसमेत चोरीएको खण्डमा चुनावको बारेमा सोच्नु नै गलत भएको बताएका छन् । राजनीतिक दलहरुसंग छलफल गर्नै नमान्ने सरकारले चुनाव गराउँछ भनेर सोच्नु नै गलत रहेको अधिकारीले बताए ।

मधेश प्रदेशको राजनीतिक अवस्थाबारे सञ्चारकर्मीहरुको प्रश्नमा अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको धारणा व्यक्त गरे । मधेश प्रदेशका सबै दलहरुले छनिक बेरको राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले मधेश प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि सबैदलहरु एकताबद्ध हुनु पर्ने धारणा राखे । पदका लागि भइरहेको राजनीतिक खेलले संघीयता विरोधहरु बलियो हुँदै गइरहेको अधिकारीले बताए ।

Comment

Related News

Latest News

Trending News