२०८२ मंसिर १, सोमबार १३:००

प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको आदेशको अवहेलनाको मुद्दामा पेसी मंसिर ७ गते तोकिएको छ।

गत कात्तिक १६ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेकोमा अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका थिए। सोही रिटको मुद्दाको पेसी मंसिर ७ गते तोकिएको सर्वोच्चले जनाएको छ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो।

अदालतले उक्त दिन प्रारम्भिक सुनुवाइ सञ्चालन गर्नेछ।

Comment

Related News

Latest News

Trending News