२०८२ मंसिर १, सोमबार १८:१७

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरुसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताउनुभएको हो । नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति उहाले अपिल गर्नुभयो ।

त्यस्तै उहाले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभइ संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको जिकिर गर्नुभयो । उहाले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध समेत गर्नुभयो ।

उहाले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी गराउनुभएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । छलफलका क्रममा नागरिक समाजका अगुवाहरुले निर्वाचनका साथै सुशासनलाई समेत केन्द्रमा राखेर अघि बढ्न सुझाव दिनुभएको खरेलले बताउनुभयो ।

उहाले बुधबार निर्वाचन आयोगमा दर्ता भएका नयाँ तथा पुराना दलसंग निर्वाचन केन्द्रीत छलफल गर्ने तयारी भएको बताउनुभयो । छलफलमा सहभागी नागरिक अगुवा खगेन्द्र संग्रौलाले प्रधानमन्त्रीले कुनै पनि अवस्थामा तोकिएको समयमा नै निर्वाचन गराउनेमा प्रतिवद्ध देखिएको बताउनुभयो ।

Comment


Related News