२०८२ मंसिर १, सोमबार १८:२५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले आज सार्वजनिक सूचना निकाली १० बर्ष भन्दा पुरानो एम्बुलेन्स प्रयोग गरे सञ्चालन अनुमति दर्ता खारेज हुने भन्दै पुरानो एम्बुलेन्स प्रयोग नगर्न भएको हो।

मन्त्रालयले एम्बुलेन्स सेवा व्यापारिक रूपमा प्रयोग भएको तथा निर्देशिका विपरीत सञ्चालन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पताल पूर्व स्वास्थ्य सेवा बाहेक अन्यत्र प्रयोगमा ल्याइएमा कानुनी कारबाही देखि दर्ता खारेजीसम्म हुनसक्छ,’ सूचनामा उल्लेख गरिएको छ।

यस्तै मन्त्रालयले नेपालबाट भारत लैजानु पर्ने एम्बुलेन्सलले भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गर्न आग्रह गरेको छ।

भारतीय दूतावासबाट अनुमति लिएका एम्बुलेन्सलाई मात्र भारत आवत-जावत गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ।

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, संचालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजका प्रावधान राखिएको छ।

Comment

Related News

Latest News

Trending News