२०८२ मंसिर २, मंगलवार ११:५४

सुनको भाउ आज तोलामा तीन हजार आठ सय रुपैयाँले घटेको छ ।

सुन आज तीन हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँ थियो ।



त्यस्तै चाँदी पनि आज तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी आज ६५ रुपैयाँले घटेर तोलाको तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ५५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News