२०८२ मंसिर २, मंगलवार १५:५५

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

मंगलबार निर्वाचन आयोगले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । पार्टीको चुनाव चिह्न गुलाब रहेको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट राजनीतिक गतिविधि गर्दै आएको दलले अव नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामबाट पार्टीलाई अघि बढाउने नेत्रविक्रम चन्द विप्लवले जानकारी दिनुभयो ।

उहाले नयाँ अठोट, विश्वास र अभियानका साथ निर्वाचनमा जाने गरि नेकपा(माओवादी) दल दर्ता भएको बताउनुभयो । विप्लवले अव देशव्यापी रुपमा पार्टीलाई अभियानका रुपमा लैजाने जिकिर गर्नुभयो । उहाले

जनतानै इतिहासको निर्माता भएको भन्दै जनताले देख्ने परिवर्तनको बाटोमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बन्न सके सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने बताउनुभयो । उहाले जेनजीलाई आफुहरुको समर्थन रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News