२०८२ मंसिर २, मंगलवार १७:०७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्र्थापनाका लागि कानूनी लडाई र सडक संघर्षमा जाने घोषणा गर्नुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि पुनःस्थापनाको विकल्प नभएको भन्दै अदालत र सडक संघर्षमा जाने घोषणा गर्नुभएको हो । अदालतबाट पुनस्र्थापना बाहेक अन्य फैसला गर्ने बाटो नै नभएको भन्दै ओलीले पुनस्र्थापना नभए नेपालमा संविधान नै छैन भन्ने बुझ्नुपर्ने तर्क गर्नुभयो । उहाँले प्रतिनिधि सभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएको बताउनुभयो ।

उहाले अहिलेको संवैधानिक सङ्कटलाई साधारण चुनावी बहसमा रूपान्तरण गर्ने प्रयास भइरहेकोप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भदौ २३ र २४ का घटनालाई देश समृद्धितर्फ अघि बढिरहेको संवेदनशील समयमा नियोजित रूपमा अराजक क्रियाकलाप भएको बताउनुभयो ।

भदौ २४ को घटना कुनै आकस्मिक घटना नभई भदौ २३ कै आतंक र पूर्वतयारीको निरन्तरता भएको उहाँले टिप्पणी गर्नुभयो । ओलीले जनेजी आन्दोलनपछि बनेको सरकारको कुनै बैधानिकता नरहेको जिकिर गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई संविधान विपरीत, जनमत विपरीत र लोकतान्त्रिक मूल्यमान्यता विपरीत बनेको भन्दै स्पष्ट रूपमा खारेज गर्नुपर्ने उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News