२०८२ मंसिर ३, बुधबार ०७:०७

मधेश प्रदेशसभाको बैठक बुधबार बस्ने भएको छ ।

जनकपुरधाममा बुधबार बस्ने बैठकका लागि उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गरेकी छन् । सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको भन्दै प्रदेश सांसद र प्रदेशसभामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख इसरले आग्रहसमेत गरेकी छन् ।

प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सभामुख मण्डल विवादित भएपछि उपसभामुखलाई अघि सार्दै सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदको सहभागितामा यसअघि प्रदेशसभाको प्रांगणमै बसेर सदन चलाएको थियो ।

Comment


Related News

Latest News

Trending News