२०८२ मंसिर ३, बुधबार १७:५४

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

बुधबार बसेको मधेश प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डल विरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएसंगै मण्डल पदमुक्त भएका छन् ।

मधेश प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यहरु मध्ये ७६ ले सभामुख मण्डल विरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए ।

प्रस्तावको बिपक्षमा भने शुन्य मत परेको थियो । कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले राखेको उक्त प्रस्तावको पक्षमा आएको मत, प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमत भएकाले पारित भएको उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन । प्रस्ताव दुईतिहाइले पारित भएसंगै सभामुख मण्डल स्वतः पदमुक्त भएको उनले जानकारी गराइन ।

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कार्तिक २७ गते उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो । मधेश प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरुले प्रदेश सभाको बैठक बोलाउनका लागि मंगलबार उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि बुधबार प्रदेशसभा बैठक बोलाइएको थियो ।

Comment


Related News

Latest News

Trending News