ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढि ठेक्का तोड्ने प्रक्रियामा रहेको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्नुपर्ने माग गर्दै युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५० भन्दा बढि ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको बताउनुभएको हो । उहाले लामो समयसम्म ठेक्का होल्ड गर्दा जनतालाई सास्तीका साथै देशलाई नै ठूलो हानी पुराउने काम भएको धारणा राख्नुभयो । सडकका साथै भौतिक, शहरीबिकास र ऊर्जा सिचाई क्षेत्रका ठूलो आयोजनाका काम पनि अघि बढ्न नसके ठेक्का तोड्ने उहाले बताउनुभयो । घिसिङले राज्यले बजेट छुट्टाएर सुरु गर्न खोजेका आयोजनाको ठेक्का लिएर काम सुरु नगर्नु राष्ट्रकै लागि घात हुनजाने धारणा राख्नुभयो । आफ्नो ठेक्का समयमा नै सम्पन्न गर्न उहाले निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्ने बिषयमा मन्त्रालयले बिशेष ध्यान दिने उहाले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले पुरा गर्न नसके संघ सरकारले आवश्यक सहयोग गरि अघि बढाउन तयार रहेको उहाको भनाइ छ ।


