२०८२ मंसिर ४, बिहीबार ०७:२६

मधेश प्रदेशका पदमुक्त सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री बन्ने होडमा कांग्रेससहितको सात दलले गलत असंवैधानिक प्रक्रिया प्रदेश सभामा अपनाएको आरोप लगाएका छन् ।

‘मुख्यमन्त्री बन्ने होडको बलमिच्याइमा म परे’ जनकपुर टुडेसितको कुराकानीमा उनले भने, पद अनुकूलको आचरण प्रस्ताव दर्ता र त्यस उपर छलफलको प्रक्रिया गलत बाटोबाट भएको छ । उनले प्रदेश सभा संचालन नियमावली २०७५ को धारा १८० को नियम १८२(४) बमोजिमको प्रक्रिया अपनाउँदा सरकारको प्रतिनिधि नभएको अवस्थामा ६ अनुसार बैठक स्थगन गर्नुपर्ने तर्क गरेका छन् । तर उनले कानुनी उपचारमा नजाने प्रष्ट संकेत गर्दै आफू बलमिच्याइमा परेको स्वीकारेका छन् ।

मण्डललाई एमालेका सांसदहरुले समेत सहयोग नगरेको उनका निकट सहयोगीहरुले दुखेसो पोखेका छन् । सभामुखले आफ्ना पारिवारिक सदस्यहरुलाई रोजगारी दिएको विषय पनि आलोचित बनेको थियो ।

Comment


Related News

Latest News

Trending News