२०८२ मंसिर ४, बिहीबार ०७:३५

जनकपुरधामस्थित गोदावरी मोडर्न टिचिङ हस्पिटल प्रा.लि.ले “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, धनुषाको समन्वयमा बुधबार अस्पताल परिसरमै आयोजित उक्त कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूले रक्तदान गरेका छन् । अस्पतालका संस्थापक डा. अशोक अधिकारीका अनुसार आकस्मिक उपचार, दुर्घटनामा परेको बिरामी तथा असहाय बिरामीलाई आवश्यक पर्ने रगतको सहज आपूर्तिका लागि अस्पतालले दोस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उनले थप्दै भने ‘गम्भीर प्रकृतिका बिरामी र दुर्घटनामा परेका बिरामीलाई रगत तुरन्त चढाउनुपर्ने आवश्यकताको बेला बिरामीका कुरुवाले तत्काल मान्छे खोजेर उपलब्ध गराउने अवस्था नरहेको बेला अस्पतालले डोनेट गरेको रगत उपलब्ध गराउने गरेको छ ।’ गोदावरी मोडर्न टिचिङ हस्पिटलले हाडजोर्नी तथा नसासम्बन्धी विशेषज्ञ सेवा, फिजिसियन सेवा, स्त्री तथा प्रसूति रोग उपचार, नवजात शिशु सेवा लगायतका उपचार सुविधा प्रदान गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News