२०८२ मंसिर ४, बिहीबार १४:३४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकलगायत औषधि स्वास्थ्यकर्मीको सल्लाहबिना सेवन नगर्न सुझाव दिएको छ । स्वास्थ्यकर्मीको सल्लाहबिना नै एन्टिबायोटिकलगायत औषधि सेवन गरे स्वास्थ्य जोखिममा पर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, “जब ब्याक्टेरिया, ढुसी र भाइरस समयसँगै परिवर्तन भएर औषधि अप्रभावी हुन्छन्, तब प्रतिजैविक प्रतिरोध विकास हुन्छ । यसबाट रोगको सन्चो नहुने हुन्छ ।”



स्वास्थ्यकर्मीले सिफारिस गरेको अवस्थामा मात्र प्रतिजैविक औषधि प्रयोग गर्न मन्त्रालयले भनेको छ ।

यस्तै, औषधि पूरा मात्रामा लिन, बीचमै नरोक्न, बाँकी औषधि पुनः प्रयोग नगर्न र अरूलाई पनि नदिन मन्त्रालयले आग्रह गरेको छ ।

पशुपन्छी बिरामी पर्दा पशु स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि मन्त्रालयले सुझाएको छ ।

Comment


Related News

Latest News

Trending News