२०८२ मंसिर ७, आईतवार २०:१८

जनता समाजवादी पार्टी नेपाल निकट युवा संगठन समाजवादी युवा संघले युवा नेतृत्व र सशक्तिकरण सम्मेलन गर्ने भएको छ ।

समाजवादी युवा संघ मधेश प्रदेशको आज सम्पन्न बैठकले यही मंसिर १४ गते जनकपुरधाममा युवा नेतृत्व र सशक्तिकरण सम्मेलन गर्ने निर्णय गरेको संघका अध्यक्ष कमलेश यादवले जनाएका छन ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा मधेश प्रदेश भरिका १ हजार युवा सहभागी हुने लक्ष्य राखिएको यादवले बताए ।

उनले सम्मेनलमा पार्टी सम्बद्ध युवाका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीहरु समेत सहभागी हुने जनाएका छन ।

युवालाई नेतृत्व सम्बन्धी प्रशिक्षण दिइने उक्त सम्मेलनले युवालाई जिम्मेवार, सक्षम र सक्रिय नेतृत्वकर्ता बन्न उत्प्रेरित गने, व्यक्तिगत तथा व्यावसायिक विकासका सीप सिकाउने, समुदाय, राष्ट्र तथा विश्वलाई योगदान पु¥याउने दृष्टिकोण बनाउने, युवाबीच सहकार्यको भावना बढाउने विश्वास आयोजकले गरेका छन ।

निर्वाचनको मिति नजिकीदै जाँदा युवाहरुलाई पार्टीप्रति आकर्षित गर्न , चुनावका लागि युवाहरुलाई तयार गर्नेगरि सम्मेलन हुन लागेको हो ।

Comment


Related News

Latest News

Trending News