२०८२ मंसिर ८, सोमबार ०८:०३

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको समग्र स्वास्थ्य अवस्थाको सुधारका लागि विज्ञहरुको सुझावमा स्वास्थ्य नीति बनाउनुपर्ने आवश्यकता औल्याएका छन् ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाममा आइतवार सम्पन्न तीन दिवसीय वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री यादवले स्वास्थ्य नीति आभावमा स्वास्थ्य समस्या बढदै गएको हो, सो नीति बनाउन विज्ञहरुलाई अघि बढन सुझाव दिदैं प्रदेश सरकारबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्रको विकास तथा सुधारका लागि तीनै तहको सरकारका बीचमा सहकार्य आवश्यक रहेको बताउँदै मधेश प्रदेशमै उत्कृष्ट तथा नमूना स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका पालिकालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।



स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेशका १३६ औं पालिका मध्ये उत्कृष्ट स्वास्थ्यको कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए ।

त्यसैगरि दोस्रो स्थान प्राप्त गरेका सर्लाहीकै हरिपुर नगरपालिका र तेस्रो स्थान प्राप्त गर्ने सर्लाहीकै विष्णुपुर गाउँपालिकालाई समेत सम्मान गरिएको थियो । प्रादेशिक अस्पतालमध्ये गौर अस्पताल प्रथम, जलेश्वर अस्पताल दोस्रो तथा सिरहा अस्पताल तेस्रो स्थान प्राप्त गरेका छन् । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् । त्यस्तै आयुर्वेदतर्फ पर्सा जिल्ला प्रथम, बारा द्वितीय तथा महोत्तरी तृतीय भएको छ ।

संस्थागत अस्पतालमा बर्दिबास अस्पताल प्रथम भएको जनाइएको छ । उत्कृष्ट गर्ने सबै स्वास्थ्य संस्थाहरुलाई पुरस्कृतसँगै दोसल्ला ओढाएर सम्मान पत्रसहित मुख्यमन्त्रीद्वारा सम्मानित गरिएको छ । सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य क्षेत्रका विज्ञहरू, दातृ निकायका प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News