२०८२ मंसिर ८, सोमबार १४:००

नेपाली बजारमा सोमबार (मंसिर ८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम छ । आइतबार (मंसिर ७) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ११५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News