२०८२ मंसिर ८, सोमबार १७:१०

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गएको एक महिनामा मधेश प्रदेशमा ४० भन्दा बढी नयाँ टावरहरु थपेको छ । कम्पनीले आफ्नो फोरजी सेवाको गुणस्तर सुधार तथा विस्तार योजना अन्तर्गत यी नयाँ टावरहरु जडान गरी सञ्चालनमा ल्याएको हो ।

नयाँ टावरहरु सञ्चालनमा आएसँगै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार र विस्तार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशलगायत विभिन्न प्रदेशका स्थानीय तहमा आफ्नो फोरजी सेवाका थप टावरहरुका जडान गरेको हो ।

एनसेलले मधेस प्रदेशमा ४२ नयाँ टावरहरु सञ्चालनमा ल्याएको छ । ती स्थानहरु परवानीपुर, पकहाँ मैनपुर, पोखरिया, वीरगञ्ज, बलान बिहुल, जनकपुर, कटैया, कमला, विदेह, कौडेना, मोतीपुर, यमुनामाई, माधव नारायण, धोबीनी, मटिहानी, मुखियापाटी, चन्द्रपुर, हरिपुर, चन्द्रनगर, कल्यानपुर, चक्रघट्टा, बसवरिया, बरहथवालगायतका स्थानहरु रहेका छन् ।

कोशी प्रदेशमा इनरुवा, बर्जु, हरिनगर, गढी, ववियाविर्ता र मजारेलगायतका स्थानमा एनसेलको नयाँ टावर सञ्चालनमा आएको कम्पनीले जनाएको छ । बागमती र लुम्बिनी प्रदेशमा पनि एनसेलले नयाँ टावर थपेर सञ्चालनमा ल्याएको छ ।

“हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताको अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं । नयाँ टावर सञ्चालनले आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ,” एनसेलले हालै जारी गरेको प्रेस विज्ञप्तिमा बताएको छ । फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले मध्य पुषसम्ममा देशभर थप १२५ भन्दा बढी नयाँ टावरहरु जडान गर्ने जनाएको छ ।

यी टावररुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुढृड बनाउने छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भईसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।

Comment


Related News

Latest News

Trending News