२०८२ मंसिर ८, सोमबार २०:२२

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो ।  सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९  आभेर २ बलमा ९४ रनमा अलआउट भयो ।

कार्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए ।

लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो र तीनमा एक खेल जितेको कर्णाली छैटौं स्थानमा यथावत् छ ।

Comment


Related News

Latest News

Trending News