२०८२ मंसिर ९, मंगलवार ०७:२१

नियुक्त भएको १६ औं दिनमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोक्दै मन्त्रिपरिषद्को कार्यविभाजन गरेका छन् । संविधानको धारा १६८(३) बमोजिम ठूला दलको आधारमा कात्तिक २३ गते राति नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भई भोलिपल्ट २४ कात्तिक बिहान बर्दिबासस्थित पानस होटलमा शपथ लिएका यादवले सुरुमा तीनजना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ९ वटा मन्त्रालय आफ्नो जिम्मामा राखि बाँकी मन्त्रालयहरूको जिम्मेवारी विनाविभागीय मन्त्रीहरूलाई सोमवारदेखि लागू हुने गरी तोकेका छन् । नेकपा एमालेबाट मन्त्री बनेका लखन दासलाई ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाकी कञ्चन बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री नियुक्तिसँगै उत्पन्न विवादमा दायर रिटमा सर्वोच्च अदालतले मंसिर २ गते ‘नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न’ अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशपछि मुख्यमन्त्री यादवले कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाएका हुन् ।

Comment


Related News

Latest News

Trending News