लोकलाज र सामाजिक परिवेशका कारण विद्युतिय माध्यमद्वारा लैलिंगक हिंसा भएपनि महिला तथा किशोरीहरुले प्रहरीमा मुद्दा नगराउने गरेको एक कार्यक्रम जनाइएको छ ।
सोमवार जनकपुरधाममा आयोजित प्रविधि मार्फत हुने लैंगिक हिंसा बारे पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा प्रहरीतर्फबाट उपस्थित प्रहरी सोनु साहले यस्तो बताएका हुन । उनले भने देशका अन्य भागभन्दा बढी मधेशमै प्रविधि मार्फत लैंिगक हिंसा हुने गरेको तथ्यांक पेश गर्दै भने । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार सामाजिक सञ्जाल मार्फत मधेश प्रदेशमा चालु आ.व. मात्रै ४२५ वटा घटना दर्ता भएको हो ।
प्रदेशका ८ वटा जिल्ला मध्ये सबैभन्दा बढी सप्तरीमा ११६ वटा सामाजिक सञ्जाल मार्फत लैंगिक हिंसाको घटना भएको उनले बताए । गत आर्थिक वर्षमा १ हजार १ सय ५६ वटा मुद्दा दर्ता भएको थियो । जसमा सबभन्दा बढी जिल्लाबाट ४११ वटा मुद्दा दर्ता भएको थियो । फेसबूक मार्फत ४९३ र टिकटक मार्फत ४७८ वटा प्रविधि मार्फत हुने लैंगिक हिंसाको मुद्दा दर्ता भएको थियो ।
धनुषामा फेसबूकका २ सय ५ र टिकटकका १ सय ७० घटना दर्ता भएको थियो । प्रहरी साहले भने यी संख्या दर्ता भएका मात्र हुन । यो भन्दा कयौं गुणा घटना प्रहरी समक्ष त पुगेकै छैन । अधिकांश लैगिक हिंसाका घटना घर परिवार वा चिनजानका व्यक्तिबाटै हुने गरेको मुद्दा दर्ताको तथ्यांकले देखाएको छ । विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।



