२०८२ मंसिर ९, मंगलवार १५:०६
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
तत्कालीन प्रतिनिधिसभा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्नुभएको हो ।
रिटमा प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक ढङ्गले प्रधानमन्त्री भएको र उहाँको नियुक्ति बदर गरी संसद् मार्फत नै सरकार निर्माण प्रक्रियालाई अघि बढाउन माग गरिएको महेश बर्तौलाले जानकारी दिनुभयो ।
एमालेले आजै प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पनि दिएको छ ।



