२०८२ मंसिर ९, मंगलवार १६:१२

जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ।

जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पार्टीको धारणा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

‘जसपा नेपालले राष्ट्रिय सभालाई प्रादेशिक जनसंख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेस्नालिटिज बनाउनुपर्ने प्रस्ताव राखेको छ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ बस्नेतले भने।

त्यस्तै पार्टीले भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ।

जसपा नेपालले स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राख्न र स्थानीय तहको निर्वाचन गैर–दलिय आधारमा गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ।

Comment

Related News

Latest News

Trending News