२०८२ मंसिर १०, बुधबार ०७:३२

महोत्तरीमा ठूलोपरिमाणमा लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको मटिहानी नगरपालिका ८ स्थित भारतीय सानो सीमा स्तम्भ २९५/५ नजिक रहेको नं. २ बोर्डर नाकामा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका हो । बिओपी मटिहानीबाट सई टिका बहादुर अधिकारीको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले भारतबाट नेपाल तर्फ प्रवेश गर्दै गरेका मधुवापुर, मधुवनी (भारत)का ३५ वर्षीय बिनोद साहलाई चेकजाँच गर्ने क्रममा ती लागुऔषध फेला परेको सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले बताएका छन् ।

उनका अनुसार साहले पछाडि बोकिरहेको निलो झोलाबाट निट्राजीपिन–१० एमजी— ६६ पत्ता (३२ ९८ पिस), डाईजीपाम २ मिली नशालु इंजेक्शन २९९ थान, फेनारगन् ईन्जेक्सन ३०० थान, बुप्रेप्रोफेन् ईन्जेक्सन २७४ थान, खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मि.ग्राम बरामद गरिएको छ । पक्राउ परेका भारतीय नागरिकको साथबाट मोबाइल १ थान, ९८१९६३८३४३ नम्बरको सिम, ए २१६३ आइप्याड १ थान , ९७०२११८२५९ नम्बरको सिम, नेपाली रुपैयाँ ३ हजार ५३५ बरामद गरिएको छ ।

बरामद सबै सामानसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको बिओपी मटिहानीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News