२०८२ मंसिर १०, बुधबार १०:११
जनकपुरधामको बाह्रविघा मैदानमा भगदढ हुँदा कयौं श्रद्धालुभक्तजनहरु घाईते भएका छन् ।
विवाहपञ्चमी मेला हेर्न जनकपुरधाम आएका भारतलगायत आसपासका क्षेत्रहरुका श्रद्धालुभक्तजनहरु बाह्रविघा मैदानमा विश्राम गरिरहेको बेला बुधबार राती भगदढ भएको थियो । सुरक्षा व्यवस्था कमजोर रहेको बाह्रविघा मैदानमा केही चोरहरुले श्रद्धालुहरुको सामान चोरी गरिरहेको स्थानीयले बताए । एक जना श्रद्धालुले चोरी गरिरहेको थाहा पाएपछि भगदढ भएको थियो । सो क्रममा कयौं श्रद्धालुहरु घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । कयौं श्रद्धालुहरुको सामान चोरी भएको उनीहरुले गुनासो गरेका छन् ।
सुरक्षा निकायको चरम लापरबाहीले गर्दा यो घटना भएको उनीहरुको गुनासो छ ।



