२०८२ मंसिर ११, बिहीबार १०:२५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज धुम्बाराहीमा दिउॅसो १ बजे बस्दैछ ।

बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको रणनीति निर्माण, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचन भए पार्टीको भूमिका र सहभागिताबारे पनि छलफल हुने बताइएको छ ।

आजको बैठकले मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे पनि निर्णय हुने बताइएको छ । आजको बैठकबाट उनलाई कारबाही गर्ने जनाइएको छ ।

कात्तिक २३ गते पार्टीको निर्णयविना नै महोत्तरीको एउटा होटलमा एमालेका मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीमा शपथ खाएकी बिच्छालाई त्यही दिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले फिर्ता हुन निर्देश गरेका थिए । तर उनी फिर्ता भइनन् । उनलाई अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो । अनुशासन समितिले कारबाही गर्न सिफारिस गरेको छ ।

Comment


Related News

Latest News

Trending News