२०८२ मंसिर ११, बिहीबार १३:५४

जनकपुरधाम, ११ मंसिर । जनकपुरधाममा मिथिला डिपार्टमेन्ट स्टोर प्रा।लि।को चौथो शाखा बुधबारदेखि सञ्चालनमा आएको छ ।

खाद्य सामग्रीदेखि लिएर अन्य आवश्यक उपभोग्य सामानहरू एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका–४ मा नयाँ शाखा विस्तार गरिएको हो ।

स्टोरमार्फत २० जनाले रोजगारी पाएका छन् । करिब ९० लाख रुपैयाँभन्दा बढी लागतमा सञ्चालनमा आएको यस स्टोरमा कस्मेटिक्स, घरेलु सामग्री तथा खाद्य सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुने प्रबन्धक निर्देशक शिवेन्द्र झाले जानकारी दिए।

मिथिला डिपार्टमेन्ट स्टोरको नयाँ शाखाको उद्घाटन वरिष्ठ नागरिक वैद्यनाथ झाले गरेका हुन् ।

Comment

Related News

Latest News

Trending News