२०८२ मंसिर ११, बिहीबार १८:५९

राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेश सरकारमा मन्त्री बनेकी सांसद कञ्चन विच्छालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।

आज धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विच्छालाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ

विच्छा पार्टीको नीति र निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको मधेस सरकारमा सहभागी भएको आरोप राप्रपाको छ।

राप्रपा अनुशासन समितिले विच्छालाई कारबाही गर्न सिफारिससमेत गरेको थियो।

कात्तिक २४ गते विच्छा मधेस सरकारमा सहभागी भएकी थिइन्। सोही दिन अध्यक्ष लिङ्देनले सरकारबाट फिर्ता आउन पनि आग्रह गरेका थिए।

Comment


Related News

Latest News

Trending News