२०८२ मंसिर १२, शुक्रबार १६:०२

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गाेर्खाजले चितवन राइनाेजलाई ५३ रनले हराएकाे छ । एनपीएलमा काठमान्डुकाे याे तेस्राे जीत हाे ।

काठमान्डुले दिएकाे १ सय ४३ रनकाे लक्ष्य पछ्याएकाे चितवनले १७ ओभर २ बलमा ८९ रन बनाउँदै सबै विकेट गुमायाे । चितवनका देव खनाल र रवि बाेपाराले समान २१ रन बनाए । काठमान्डुका राशिद खानले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे काठमान्डुले १९ ओभर ४ बलमा १ सय ४२ रन बनाउँदा सबै विकेट गुमायाे । काठमान्डुका जाेन सिम्पसाेनले ६० रन बनाए । चितवनका साेहेल तनभिरले ४ विकेट लिए ।

याे जीतसँगै काठमान्डु ५ खेलमा ६ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । चितवन ४ खेलमा ४ अङ्कसहित चाैथाे स्थानमा छ ।

एनपीएलको दोस्रो स्थानमा आजै दिउँसो ४ बजे दोस्रो स्थानको विराटनगर किङ्ग्स र पाँचौं स्थानको कर्णाली याक्स खेल्दैछन् । विराटनगरले चार खेलमा ६ अङ्क र कर्णालीले तीन खेलमा २ अङ्क जोडेको छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

Comment


Related News

Latest News

Trending News