२०८२ मंसिर १२, शुक्रबार १६:१४

तराई-मधेश लोकतान्त्रिक पार्टीले देशमा उत्पन्न जटिल र चिन्ताजनक राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसको समाधानका लागि विधिको शासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडाइका साथ उभिनु अत्यावश्यक रहेको जनाएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले विज्ञप्ति जारी गर्दै कानूनी राज्यको स्थापना देशको पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै जनताको सर्वोच्चता, संघीय गणतन्त्र र लोकतान्त्रिक शासनव्यवस्थासँग कुनै पनि प्रकारको सम्झौता अस्वीकार्य भएको स्पष्ट गरिएको छ।

पार्टीले फागुन २९ गते हुने आम निर्वाचनलाई वर्तमान राजनीतिक सङ्कटको सहज र लोकतान्त्रिक निकासको रूपमा व्याख्या गर्दै आवश्यक परे नव-जनादेश लिनु लोकतान्त्रिक अभ्यासको मूल आधार रहेको ठहर गरेको छ।

फरक-फरक आन्तरिक तथा बाह्य कारणले भेदभाव र सिमान्तिकरणविरुद्ध संघर्षरत शक्तिहरू कमजोर बन्नु दुःखद भएको उल्लेख गर्दै पार्टीले सहकार्य, एकजुटता र न्यायपूर्ण एजेन्डाप्रतिको साझा प्रतिबद्धतामार्फत मात्र वर्तमान चुनौतीको समाधान सम्भव हुने निष्कर्ष निकालेको छ।

तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेश, थरुहट, आदिवासी जनजाति तथा संघीयतावादी शक्तिहरूबीच अझ सशक्त, ठोस र सार्थक संवादमार्फत एकताबद्ध हुन आग्रह गरेको छ।

Comment


Related News

Latest News

Trending News