२०८२ मंसिर १३, शनिबार ०८:०१

हामीले आजसम्म राम, सीता, उनीहरुको जन्म र कर्मस्थल यथाः जनकपुरधाम, अयोध्या, चित्रकूट, श्रीलंका आदि बारे जे जति जानकारी पाएका छौँ । त्यसको मुख्य श्रोत तुलसी दास रचित राम चरित मानस हो । यसका अतिरिक्त अध्येताहरु बाल्मीकीय रामायण, महाभारत, पुराण, ब्राह्मण ग्रन्थहरुको अध्ययन तथा विभिन्न श्रव्य र दृश्य काव्यहरुबाट पनि राम सीताको चरित्रबारे सुने देखेका हौँ ।

तर मिथिलाकी छोरी सीतालाई एक जनकपुरवासीको रुपमा वर्णन गर्ने मध्यकालीन एक कविको बारेमा हामी अनभिज्ञ जस्तै छौँ । उहाँ थिए– महाकवि रामस्नेही दास । सन् १९५० ताका उनी जानकी मन्दिरका पुजारी थिए । उनले एउटा अनमोल ग्रन्थ लेखेका थिए– जानकी चरितामृत । प्रा.डा. हरिवंश झा गत वर्ष यस पुस्तकको हिन्दी टीका प्रकाशित गर्नु भएको छ । डाक्टर झाद्वारा लिखित ‘श्री सीता बाल लीला’ । पुस्तकमा मिथिला र मिथिलावासीको मन मुटुमा दरिलो प्रभाव बनाएकी सीताधियालाई नयाँ रुपमा प्रस्तुत गरिएको छ ।

विषय वस्तु पुरानै ग्रन्थहरुमाथि आधारित भए पनि उहाँको चमत्कारी भाषा र मौलिक विश्लेषणको प्रशंसा गर्नै पर्दछ ।२७ अध्यायमा विभाजित सीता बाललीलामा सीता जीको बाल स्वरुपको वर्णन, सीताको १०८ नाम तथा सीताको अन्य १२ नामको सूचि पनि दिइएको छ । यस ग्रन्थले सीताको जन्म, बाल्यकाल, शिक्षा–दीक्षा आदि विषयमा नयाँ भाष्य खडा गरेको छ । आजसम्म हामीले पढ्दै, हेर्दै र सुन्दै आएका थियौँ– मिथिलावासीलाई अनिकालको पिडाबाट जोगाउन राजा जनकले हलेष्ठी यज्ञ गरेका थिए ।

यस क्रममा हलो जोत्ने वेला भूमिबाट स ी त ा क ा े ज न् म भ ए क ा े थियो । सीताको अर्को नाम भूमिजा य स ै कारणले पर्न गयो जानकी चरिचामृत भन्छ– वैशाख शुक्ल पक्ष नवमीको दिन १२ वर्षिया सीता यज्ञ वेदीबाट प्रकट भएकी थिइन् । जानकी चरितामृत भन्छ– सीता रामभन्दा अधिक व्यावहारिक, तार्किक र शालीन छिन् । अधर्मलाई समेत मोक्ष दिएकी छन् ।

भन्छिन्–‘ हे प्रभु ! के आमा बुबा कहिल्यै आफ्ना बाल बालिकाको गलतीमाथि ध्यान दिन्छन ? मेरो चाहना छ कि हजुर जीवको कुकृत्यमाथि ध्यान नदिइ उनीहरुमाथि सधैँ करुणा गरी राख्नु होस् ।’ पत्रकारितामा एउटा पारिभाषिक शब्द छ– ‘डेड लाइन ।’ अर्थात पत्रकारले समाचार लेखेको ठाउँ । जनकपुरधामबाट समाचार लेख्ने सम्वाददाताले जनकपुरधामलाई तथा विराटनगरबाट लेखिने समाचारको डेटलाइन विराटनगर हुन्छ । सम्वाददाताहरु आ–आफ् ना डेटलाइनप्रति जिम्मेवार हुन्छन् ।

जानकी चरितामृतका लेखकको डेटलाइन जनकपुरधाम भएको कारण सीताको चरित्रले प्राथमिकता पाएको छ । उता तुलसी दासको डेटलाइन अयोध्या भएकोले रामको चरित्रले प्राथमिकता पाएको होला भने मेरो निजी धारणा छ । मिथिला नरेश जनक र अयोध्या नरेश दशरथबीच शुरुदेखि नै सुमधुर सम्बन्ध रहेको तथ्य पनि यस पुस्तकबाट उद्घाटित हुन्छ । राम, लक्ष्मण, भरत, शत्रुघ्नको पाँचौ जन्मोत्सवमा दशरथले आनन्दोत्सव मनाएका थिए ।

जसमा अन्य राजा महाराजासंगै जनकलाई पनि निम्तो दिइएको थियो । रामको रुप, रंग तथा चमत्कारिक व्यक्तित्व एवं दशरथको वात्सल्य भाव देखेर जनक रामलाई ससुराको रुपमा स्नेह गर्ने इच्छा जागृत भएको थियो– ‘यस पृथ्वीमाथि जे जति सुख छन्, त्यसमा वात्सल्य सुख सर्वोपरी हो । यो वात्सल्य सुख पिता, आचार्य र ससुरा र सासुलाई मात्र प्राप्त हुन्छ ।’ तर जनक निः सन्तान थिए । रामलाई ज्वाइँ बनाउन छोरी चाहिन्थ्यो । पुत्री पाउनका लागि उनले जटाधारी शिवको आठ वर्षसम्म तपस्या गरे । आशुतोष शंकरले उनलाई पुत्रिष्ठी यज्ञ गर्ने सल्लाह दिएका थिए । अन्ततः ज न क ल ा र्इ सीताको रुपमा पुत्री प्राप्त भएको थियो । य स ै प ु स् त क ा े िश श ु सीता–राम मिलन अध्यायमा पुत्रीष्ठी जज्ञमा सहभागी हुन आएका दशरथ आफ्ना तीनै रानी तथा चार वटै छोरा राम, लक्ष्मण, भरत, शत्रुघ् नसंग मिथिलामै बसेको तथा सुनैनाले चारवटै राजकुमारमा मिथिला दरवारमा बोलाएर स्नेह गरेको उल्लेख छ ।

त्यतिबेला चारै भाईको उमेर आठ वर्ष भएको उल्लेख छ । चारै भाई आठ वर्षका भएका कारण रानी सुनैनाले उनीहरुलाई आफू सीतासंग सुत्ने कोठामै सुताएकी थिइन् । चारै भाईलाई बिहार कुण्डमा नौका बिहार गराएकी थिइन् । अनि लिफ्ट जडान भएको ‘उँचे हाटक’ नामक ६० खण्ड अग्लो भवनको छतमा लगेर पवित्र कमला नदी, जनकपुरधामको पूर्व–दक्षिणमा अवस्थित कल्याणेश्वरनाथ महादेव, दक्षिण–पश्चिममा अवस्थित– जलेश्वरनाथ महादेव, पश्चिम– उत्तरमा अवस्थित सोमेश्वरनाथ महादेव तथा उत्तर–पूर्व दिशामा अवस्थित मिथिलेश्वरनाथ महादेवको दर्शन गराएकी थिइन् ।

यसका अतिरिक्त गंगासागर, अग्नि कुण्ड, रत्न सागरलगायतका सागरहरुको दर्शन गराएकी थिइन । च्युरा, दही, गुंड, अचार र चटनी खुवाएकी थिइन् । जानकी चरितामृतको प्रकाशन सन् १९५७मा अयोध्याबाट भएको थियो । पुस्तकमा कमला नदी, रत्न सागर, गंगासागर, बिहार कुण्ड, बिगही नदी आदि मध्यकालीन वा आधुनिक संरचनाहरुको चर्चा आएको छ । जानकी चरितामृतमा सीतालाई वीराङणा, कोमल हृदया, पापमोचनीको रुपमा वर्णन गरिएको छ । रामको सीताप्रतिको समर्पण तथा प्रेम अनुकरणीय छ ।

रामलाई प्राप्त गर्न सीतालाई प्रशन्न गर्नु पर्ने रामको प्रष्ट कथन छ । सीता चरित्रबारे जान्न खोजेका भगवान शिवलाई रामले भनेका छन्– ‘मलाई प्राप्त गर्नका लागि किशोरीजीको अतिरिक्त अर्को माध्यम छैन । किशोरी जी मेरो प्राणभन्दा पनि अधिक प्रय हुन् । रामले भगवान सीतालाई प्रशन्न पार्नका लागि शिवलाई ६ अक्षरको मन्त्र पनि दिएका छन् –श्री सीतायै स्वाहाः ।

जनक पुत्रिष्ठी यज्ञको हवन पनि यसै मन्त्रले गरेको उल्लेख पुस्तकमा छ । समग्रमा भनु पर्दा श्री सीता बाल लीला सियाधियालाई आफ्नो छोरी, दिदी, बहिनी, फुवा तथा रामलाई ज्वाईको रुपमा वात्सल्य भाव न्यौछावर गर्ने मिथिलावासीहरुको लागी एउटा अनमोल ग्रन्थ हो । सीता तत्वमा रमाउँन चाह्ने मिथिलावासीका लागि यो पुस्तक सिरानीमा राखेर सुत्ने भावुक ग्रन्थ हो । प्रा.डा. झालाई बधाई त थ ा शुभकामना ।

Comment


Related News

Latest News

Trending News