२०८२ मंसिर १३, शनिबार १७:२५

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफुहरुका मागका बिषयमा प्रधानमन्त्रीसंग वार्ता गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसंग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रुपमा जानकारी गराएको भन्दै छिटै प्रधानमन्त्रीसंग वार्ता गर्ने तय भएको बताउनुभयो । उहाले अभियानले अघि सारेका मागहरु आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रुपमा लिएको जानकारी दिनुभयो ।

प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने, सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलव बृद्धि गर्नुपर्ने, हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्ने लगाएतका मागबारे स्पष्ट रुपमा जानकारी गराइएको बताउनुभयो ।

उहाले आफुहरुको माग पुरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनै नसक्ने दावी गर्नुभयो । प्रसाईंले आफुहरु आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताउयनुभयो ।

 

Comment


Related News

Latest News

Trending News