रौतहटको चन्द्रपुरबाट ब्राउन सुगर सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगापुरको टोलीले फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा लागुऔषध ब्राउन सुगर सहीत उनीहरू पक्राउ गरेको हो । बैंकिंग कसुरका फरार रहेका प्रतिवादी चन्द्रपुर ४ का ३२ वर्षीय छोरा भोला साह कलवारलाई गौर रोड नजिकैबाट असई निलेश पाठकको कमाण्डमा गएको टोलीले पक्राउ गरेको थियो ।
कलवार लाई चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइन्टको गोजीबाट १९० मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएस्पी रुपा लाबुङले बताएकी छिन् । कलवारको बयानको आधारमा चन्द्रपुर ६ का २८ वर्षीय राजेश राईलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएस्पी लाबुङले जानकारी दिएकी छिन् ।
पक्राउ परेका दुवैजना माथी लागुऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।



