२०८२ मंसिर १५, सोमबार ०८:१८

राजनीतिक अस्थिरताले मधेश सरकारको कामकाज अस्तव्यस्त बनेको छ । आर्थिक वर्ष सुरू भएको साढे चार महिना बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म आवश्यक औषधि, केमिकललगायतका आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएको छैन ।

प्रदेश सरकारको कारणले विश्वासिलो र सर्वसुलभ सेवाका लागि सानो समयमा सेवाग्राहीहरूको मन जित्न सफल जनकपुरधाममा रहेका प्रदेश जनस्वास्थ्य प्रयोगशाला अहिले बन्द हुने स्थितिमा पुगेको छ । अशक्त, जेष्ठ नागरिक, दीर्घरोगीलगायत दैनिक अढाई सय भन्दा बढी बिरामीहरू स्वास्थ्य परीक्षणका लागि आउने गरे पनि यहाँ आवश्यक केमिकल छैन ।

२ सय ५० प्रकारको स्वास्थ्य परीक्षण गर्ने क्षमता रहे पनि अहिले भिटामिन डि, भिटामिन डि १२, हार्मोन, थाईराइड, लिपिड प्रोफाइललगायतका महत्त्वपूर्ण ५० प्रकार भन्दाबढीको परीक्षण लामो समयदेखि बन्द रहेको जनाइएको छ । मधेश प्रदेशको सबै १ सय ३६ वटा पालिकामा रहेका स्वास्थ्य प्रयोगशालाहरू पनि केमिकल अभावमा ठप्प छ। कर्मचारी खटन पटनमा लेनदेन, आधिकारिकताको कानुनी लडाइमा कर्मचारीहरूमा अदालतमा जाने प्रवृत्ति, खरिदका लागि निकालिएको टेन्डर रद्द, मन्त्रीमा कमिसनको मोहलगायतका कारण गत वर्ष पनि औषधि र केमिकल खरिद हुन सकेको थिएन ।

गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुल ५ अर्ब २६ करोड ९६ लाख भन्दा बढीको बजेट रहे पनि कर्मचारीहरूको तलब–भत्ता, छलफल गोष्ठीलगायतका औपचारिक कार्यक्रमहरूमा ३ अर्ब ४३ करोड ५२ लाख खर्चिएको थियो । तर औषधि, केमिकल, स्वास्थ्य उपचार उपकरणलगायतका शिर्षकमा विनियोजित १ अर्ब ८२ करोड ४३ लाख भन्दाबढी बजेट फ्रीज भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था गत वर्षभन्दा पनि यस वर्ष सरकार गठनक प्रक्रियाको विवादले निकै खराब देखिएको छ ।

चालू आर्थिक वर्ष सुरू भएको साढे ४ महिना बितिसक्दा पनि प्रशस्त बजेट हुँदा–हुँदै पनि अहिलेसम्म औषधि खरिद हुन सकेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले बताएका छन । प्रदेश कोष नियन्त्रणक कार्यालयकाअनुसार नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सरकारले गम्भीरतापूर्वक लिँदै गत वर्षको तुलनामा यस चालू आर्थिक वर्षमा १ अर्ब १९ करो भन्दा थप बढी बजेट विनियोजन गरेको छ । तर, महिनौंदेखि स्वास्थ्य मन्त्रालयमा मन्त्री नरहेको कारण खरिदलगायतका सम्पूर्ण योजना कार्यान्वयनका लागि वार्षिक कार्यविधि समेत कर्मचारीहरुले बनाउन सकेका छैनन् ।

Comment


Related News

Latest News

Trending News